१० साउन २०८३, आइतबार

स्पेनिस ला लिगा : रायो भालेकानोको पोष्टमा गोलको वर्षा, मड्रिडको सानदार जित

भदौ १२, २०८०
काठमाडौं
स्पेनिस ला लिगा : रायो भालेकानोको पोष्टमा गोलको वर्षा, मड्रिडको सानदार जित

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोमाथि सानदार जित हात पारेको छ । सोमवार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई ७–० ले हराएको हो । 

एट्लेटिकोका लागि एल्भारो मोरटाले दुई गोल गरेका थिए । यस्तै, एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले एक–एक गोल गरे गरेका थिए ।

भालेकानाको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट खाता खोलेको थियो । १६औं मिनेटमा मेम्फिस डिपेईले गोल गरे भने ३६औं मिनेटमा नागुयल मोलिनाले गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अल्भारो मोराटाले दुई गोल गरे भने एन्जल कोरेया र मार्कोस लोरेन्टेले पनि गोल गरेपछि एथ्लेटिको मड्रिडले ७–० को जित निकाल्यो ।

यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको एथ्लेटिको मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्