११ असार २०८३, बिहीबार

ब्रिटेनको एयर ट्राफिक कन्ट्रोलमा समस्या : कयौंको फ्लाइट डिले, कतिका रद्ध

भदौ १२, २०८०
काठमाडौं
ब्रिटेनको एयर ट्राफिक कन्ट्रोलमा समस्या : कयौंको फ्लाइट डिले, कतिका रद्ध

ब्रिटेनको एयर ट्राफिक कन्ट्रोलको सिस्टममा आएको खराबीका कारण हजारौं यात्रुले सास्ती भोग्नु परेको छ । फ्लाइट्ससँग सम्बन्धित प्लानिङ गर्ने सिस्टम बिग्रिएकोले हजारौं यात्रुले सास्ती भोग्नु परेको बीबीसीले जनाएको छ । 

 एयर ट्राफिक कन्ट्रोलको सिस्टम समस्या आएसँगै फ्लाइट्सको आउने जाने प्लानिङ बिना सिस्टम गर्नु परेको हो ।

नेशनल एयर ट्राफिक सर्भिसले पनि अवतरण गर्ने विमानको संख्या घटाएको समाचारमा उल्लेख छ । समस्या केही घण्टामै समाधान गरे पनि असर भने केही समयसम्म रहने छ ।

एयर ट्राफिक कन्ट्रोलको सिस्टममा​ आएको समस्याका कारण कयौंको फ्लाइट डिले भएको छ भने कतिका रद्ध भएका छन् । कतिपय मानिसहरू बेलायत र बाहिर अड्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्