१७ असार २०८३, बुधबार

बालिकाको मृत्युपछि गुल्मी अस्पतालमा तनाब

भदौ १२, २०८०
बुटवल
बालिकाको मृत्युपछि गुल्मी अस्पतालमा तनाब

उपचारको क्रममा बालिकाको मृत्यु भएपछि गुल्मीको तम्घासस्थित गुल्मी अस्पतालमा तनाब भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ की सात वर्षीया प्रशंसा मरासिनीको मंगलवार बिहान मृत्यु भएको थियो ।

अस्पतालको लापरवाही कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तको दाबी छ । बालिकालाई सोमवार उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।

सामान्य पेट दुखेर अस्पताल ल्याइएकी बालिकाले दिउँसो बान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । बालिकाको के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन ।

बिरामीका आफन्तले अस्पतालकाको कमजोरीका कारणले मृत्यु भएको भन्दै मृत्यु हुनुको कारणको माग गरेका छन् । बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सकको भनाइ छ ।

अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरे पनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए । अस्पतालले लापरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् । 

अस्पतालमा तनाबग्रस्त भएपछि अहिले अस्पताल प्रशासन कार्यालय गुल्मी र बिरामीका आफन्तबीच छलफल भइरहेको छ ।

कमेन्ट गर्नुहोस्