२७ जेठ २०८३, बुधबार

कांग्रेस नेता तथा कोशीका पूर्वप्रदेशसभा सदस्य अन्सारीको निधन

भदौ १२, २०८०
काठमाडौं
कांग्रेस नेता तथा कोशीका पूर्वप्रदेशसभा सदस्य अन्सारीको निधन

इनरुवा– सुनसरी क्षेत्र नं ४(२)का पूर्वप्रदेश सांसद हाजी ताहिर मियाँ अन्सारीको निधन भएको छ । नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४९२० बाट कोशी प्रदेशसभामा उनी विजयी भएका थिए । 

सुनसरी क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापति र भुटाहा गाविसका अध्यक्षसमेत रहनुेका अन्सारीको आफ्नै निवास हरिनगर गाउँपालिका–२ भुटाहामा ८० वर्षको उमेरमा निधन भएको हो । 

विगत केही वर्षदेखि मुटुको रोगबाट पीडित उनी नेपाली कांग्रेस सुनसरी दक्षिण क्षेत्र भुटाहाका एक अग्रज नेता तथा पार्टीको अभिभावक थिए । विसं २००१ मा जन्मिएका अन्सारी तत्कालीन सुनसरी क्षेत्र नं ५ मा क्षेत्रीय सभापतिसमेत भएका थिए । 

उनी कांग्रेसबाट २०४८ र २०५१ सालको आम निर्वाचनमा तत्कालीन भुटाहा गाविसबाट दुई पटक अध्यक्षमा विजयी हुनाका साथै नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कांग्रेसले जनाएको छ । 

अन्सारीको निधनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी, सुनसरी क्षेत्र नं ४ का सभापति ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायतले शोक व्यक्त गरेका थिए । उनको निधनमा हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले बिदा दिएको छ । –रासस

salt training

कमेन्ट गर्नुहोस्