
नेपाली सेनाले दुईजना बिरामी हेलिकोप्टरद्वारा उद्धार गरेको छ ।
बाजुरास्थित बडिमालिका मन्दिर दर्शनका लागि गएका दुईजना बिरामीको सेनाले आज हेलिकोप्टरद्वारा उद्धार गरेको हो ।

कालिकोटस्थित कलपा गाउँपालिका– १ का ३९ वर्षीय धनप्रसाद न्यौपाने अचेत अवस्थामा त्रिवेणी पाटनस्थित खोलामा भेटिएको हुँदा उनलाई हेलिकोप्टरमार्फत क्षेत्रीय अस्पताल सुर्खेत लगिएको छ । सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविरमा लागि प्राथमिक उपचार गरिएपश्चात थप उपचारका आवश्यकता भएकोले उनलाई त्यहाँ लगिएको सेनाले जनाएको छ ।
यस्तै, सोही मन्दिर दर्शनका क्रममा लेक लागि बिरामी परेकी बझाङस्थित जयपृथ्वी नगरपालिका– ९ की ६५ वर्षीया झुपुदेवी धामीलाई सेनाको हेलिकोप्टरले उद्धार गरी जिल्ला अस्पताल बाजुरा पुर्याएको छ ।
