२३ असार २०८३, मंगलबार

कोशीका केही ठाउँमा बिहानैदेखि वर्षा, कहाँ कस्तो रहला दिनभरको मौसम ?

भदौ १३, २०८०
काठमाडौं
कोशीका केही ठाउँमा बिहानैदेखि वर्षा, कहाँ कस्तो रहला दिनभरको मौसम ?

हाल मौसमको अवस्था देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी प्रदेशका थोरै तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

salt training

कमेन्ट गर्नुहोस्