०६ साउन २०८३, बुधबार

नेपालमा लगानी भित्र्याउन विदेशी लगानीकर्ताहरूलाई अध्यक्ष ढकालको आग्रह

भदौ १३, २०८०
काठमाडौं
नेपालमा लगानी भित्र्याउन विदेशी लगानीकर्ताहरूलाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा संयुक्त रूपमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानी भित्र्याउन र लाभ लिन विदेशी लगानी कर्ताहरूलाई आग्रह गरेका हुन् । 

उनले नेपालमा लगानीका अधिक सम्भावना रहेको भन्दै सबै विदेशी लगानीकर्ताहरूको ध्यान आकर्षित गरे । ‘नेपालमा ऊर्जा, पूर्वाधार निर्माण, पर्यटनलगायत धेरै क्षेत्रमा लगानीका सम्भावनाहरू छन्,' उनले भने, 'यहाँ लगानी गरेर विदेशी लगानीकर्ताहरूले लाभ पनि लिइरहेका छन्, त्यसैले म सबै विदेशी लगानीकर्ता मित्रहरूलाई यसतर्फ आग्रह गर्दछु ।’

अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरूसँगै लगानीको वातावरण पनि रहेको जानकारी गराए । नेपाल दुई ठूला र समृद्ध राष्ट्रको बिचमा रहेकाले लगानी र बजारको पनि त्यति तै अवसर रहेको उनको भनाइ थियो । 

अध्यक्ष ढकालले नेपालको लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटकहरूको आगमनमा पनि उल्लेख्य मात्रामा बृद्धि हुने अपेक्षा गरिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्