३१ जेठ २०८३, आइतबार

सरकारलाइ धर्मसंकट, ७२ घण्टाभित्र निर्णय फिर्ता गर्न चिकित्सक संघको अल्टिमेटम !

कात्तिक २०, २०७४
सरकारलाइ धर्मसंकट, ७२ घण्टाभित्र निर्णय फिर्ता गर्न चिकित्सक संघको अल्टिमेटम !

काठमाडौं २ असोज– उपचारको क्रममा लापरवाही भइ विरामीको मृत्यु भएमा डाक्टरले नै क्षतिपुर्ति दिनुपर्ने भनी सरकारले गरेको निर्णय तत्काल फिर्ता लिन नेपाल चिकित्सक संघले ७२ घण्टे अल्टिमेटम दिएको छ ।
संघले सोमबार प्रेस विज्ञप्ति प्रकाशितगरी चिकित्सकको कमजोरीले बिरामीको मृत्यु भएमा उपचारमा संलग्न डाक्टरले क्षतिपुर्ति दिनुपर्ने कानून बनाउन स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न ७२ घण्टे अल्टिमेटम दिएको हो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा उपचारको क्रममा लापरवाही भई विरामीको मृत्यु भएको खण्डमा बैज्ञानिक अनुसन्धानबाट लापरवाही गरिएको ठहरिएमा, उक्त ऐनमा उल्लेखित समन्वय समितिले क्षतिपूर्ति भराईदिने व्यवस्था गरिएको भएपनि सो कानूनी प्रावधानलाई सरकारले बेवास्ता गरेको संघको ओरोप छ ।

‘कानुन विपरित सम्पूर्ण चिकित्सकहरुको अपमान गर्दै पेशेवर सामाजिक अपराधिहरुको मनोबल बढाउने गरी सरकारले विधेयक निर्माणको तयारी गर्नु दुभाग्य छ’ संघका अध्यक्ष डा मुक्ति श्रेष्ठले लोकान्तरसंग भने, ‘यसले चिकत्सिकको काम गर्ने वातावरण हुदैन । सरकारले निर्णय तत्कार फिर्ता लिनुपर्छ । नत्र हामी आन्दोलनमा जान्छौं ।’

सरकारको निर्णय विवादास्पद भएको भन्दै निर्णय फिर्ता नलिए संघले देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा बन्द गरी निर्णायक आन्दोलन गर्न चेतावनी समेत दिएको छ ।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भए सम्बन्धीत चिकित्सकबाट क्षतिपूर्ति भराउने निर्णय गर्दै सो कानून संसदमा पेश गर्न स्वास्थ्य मन्त्रालयालाई निर्देशन दिएको थियो । सरकारको सो निर्णयको सामाजिक सञ्जालहरुमा भने स्वागत भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्