०१ असार २०८३, सोमबार

प्रदेश नम्बर दुईमा दिनभर : माधव नेपालको उल्टो मतपत्र देखि रौतहटमा चलेको गोलीसम्म

कात्तिक २०, २०७४
प्रदेश नम्बर दुईमा दिनभर : माधव नेपालको उल्टो मतपत्र देखि रौतहटमा चलेको गोलीसम्म
काठमाडौं, २ असोज– लामो रस्साकस्सी र राजनीतिक विवाद समाधान भएसँगै तेस्रो चरण अन्तर्गत प्रदेन नम्बर दुईमा निर्वाचन सम्पन्न भएको छ ।

तराई केन्द्रीत राजनीतिक दल राजपाले चुनावमा सहभागिता जनाएसँगै दुई नम्बर प्रदेशमा निर्वाचन सम्भव भएको हो ।

प्रदेश नम्बर दुईका १३६ स्थानीय तह अन्तर्गत २ हजार १ सय ६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहेका थिए । मतदान कार्यमा सरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय जना कर्मचारी परिचालन भएका थिए ।

विहान ७ बजे शुरु भएको निर्वाचन ५ बजे सकिएको र निर्वाचनमा उल्लासजनक सहभागिता रहृेको निर्वाचन आयोगले जनाएको छ ।

आज दिन भर के के भए त ?

६ गुणा बढी उम्मेदवार प्रतिस्पर्धामा

एक महानगरपालिका, ३ उपमहानगरपालिका ७३ नगरपालिका र ५९ गाउँपालिकामा गरि १३६ वटा स्थानीय तहमा निर्वाचन भएको हो । त्यहाँ २६ लाख ६४ हजार ९५० मतलाले मताधिकार पाएका थिए । निर्वाचनबाट ६ हजार ६ सय २६ जना प्रतिनिधि निर्वाचित हुनेछन् । जसको फैसला बन्द बाकसमा रहेको छ ।

मतदाता परिचय पत्र नभएपनि मतदान

निर्वाचन आयोगले मतदाता परिचय पत्र नभएको खण्डमा पनि लाइसेन्स, लालपूर्जा वा सरकारी कागजपत्र, नागरिकताको आधारमा पनि मतदानको व्यवस्था गरिएको थियो ।

माधव नेपालको मतपत्र

दुई नम्बर प्रदेश अन्तर्गत आज विहान ७ बजेबाट शुरु भएको निर्वाचनमा मतदान गर्न पुगनेका नेकपा एमालेका नेता माधव कुमार नेपाल दिनभर चर्चामा रहे ।  उनले मतपत्र पट्याएको विषयलाई लिएर दिनभर जसो सामाजिक सञ्चालमा चर्चा भयो ।

धेरैले नेताहरुले नै निर्वाचन शिक्षा सिक्नु पर्ने वताएका थिए । माधव नेपालले मतपत्र पट्याउँदा चुनाव चिह्न देखिने गरि पट्याएका थिए । जसलाई निर्वाचन आयोगको मतदाता शिक्षाले गलत बताउँदै आएको छ ।

नक्कली मतदाता पक्राउ

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको निर्वाचनमा खटिएका पधाधिकारीले फेला पारेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो ।

मतदान गरेर घर फर्किंदै गर्दा मृत्यु

चुनावमा मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको छ । स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने क्रममा उनको मृत्यु भएको राजपा नेपालका विद्यार्थी नेता प्रदीप मण्डलले जानकारी दिए ।

सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान

सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेका छन् ।

एकसय तीन वर्षीया वृद्धाद्वारा मतदान

निर्वाचनमा सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् ।  राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान गर्नुभएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिए ।

सप्तरीमा राजपा र राप्रपाका कार्यकर्ताबीच झडप

हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको थियाृ ।

राष्ट्रिय जनता पार्टी राजपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था तनाव रहेको थियो । पछि सहमतिमा मतदान शुरु भयो ।

र,
रौतहटमा गाली चल्यो

रौतहटको मौलापुर नगरपालिका ३ मा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले हवाइ फायर गरेको छ ।

प्रावि गम्हरिया पतौरा मतदान केन्द्र माओवादीले गैर मतदानतनलाई एजेन्टका रुपमा प्रवेश गराएको भन्दै फोरमका कार्यकर्ताले विरोध जनाएपछि विवाद भएको थियो । त्यसक्रममा भएको झडपमा दुवै तर्फका केही कार्यकर्ता घाइते भएका छन् । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्