
नेपाली म्युजिक भिडिओको क्षेत्रमा लामो समयदेखी सक्रिए संस्था बि.स्टार फिल्मस्ले म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । नेपाली गीतसंगीतका विभिन्न विधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो ।
बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३ केही दिन अघि नै घोषणा भइसकेको थियो र अहिले हिजो (मंगलबार)बाट फर्म खुलेको आयोजक संस्थाका अध्यक्ष बिक्रम चौहानले जानकारी दिए ।
अवार्डमा जम्मा ४० विधा हुनेछन् । जसमा आधुनिक, लोक, लोकपप, थारू र राष्ट्रिय गीतलाई समेटिएको छ । अवार्डको उत्कृष्ट ५ मनोनयन आगामी असोज ४ मा सार्वजनिक गर्ने तयारी भएको आयोजक संस्थाले जनाएको छ । यस्तै अवार्ड वितरण असोजको अन्तिम साता गर्ने तयारी भइरहेको छ ।
‘अवार्ड विभिन्न संस्थाले गरिरहेको देख्छौँ । तर म्युजिक क्षेत्र भन्दा बाहिरका व्यक्ति तथा संस्था जसले यो क्षेत्रलाई नजिकबाट बुझन सक्नुहुन्छ उहाँहरूले पनि आयोजना गरेको देख्छौं । विशेषगरी हामी लामो समयदेखी विशुद्ध म्युजिक क्षेत्रमा छौँ’ आयोजक संस्थाका अध्यक्ष चौहान भन्छन्, ‘बि.स्टारबाटै तीन हजार भन्दा बढी म्युजिक भिडिओ निर्माण गरेका छौँ । यो हिसाबले पनि हामी कुन गीतसंगीत, भिडिओ अवार्ड पाउन लायक छन् त्यो बुझ्न सक्छौ । अवार्ड निष्पक्ष हुनेछ ।’
मंगलबारबाट फर्म खुल्ला भएसँगै यो समयावधि भदौको अन्तिमसम्म हुनेछ ।
फर्म अनलाइनबाट पनि सजिलै भर्न सकिनेछ । त्यसका लागी चौहानले सामाजिक सञ्जालमार्फत नै अनलाइन फर्म भर्ने तरिकाको बारेमा जानकारी दिइसकेका छन् । फर्मको शुल्क १ हजार रूपैयाँ राखिएको छ ।