०२ साउन २०८३, शनिबार

इमरान खानलाई हिरासतमा राख्न अदालतको आदेश

भदौ १३, २०८०
काठमाडौं
इमरान खानलाई हिरासतमा राख्न अदालतको आदेश

पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले  मङ्गलबार उहाँलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् उनीमाथि दुई सय वटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् । 

नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन् । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए । भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मङ्गलबार उल्ट्याइएको थियो ।

 नेता खानको पाकिस्तान तहरीक–ए–इन्साफ ९पिटिआई० पार्टीका उपाध्यक्ष, पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि यस मुद्दामा पक्राउ गरिएको छ ।

खान पूर्वक्रिकेटरसमेत हुन् । उनकै कप्तानीमा पाकिस्तानले सन् १९९२ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्