१० साउन २०८३, आइतबार
एसिया कप

नेपालविरुद्ध पाकिस्तानका कप्तानले बनाए शतक

भदौ १३, २०८०
काठमाडौं
नेपालविरुद्ध पाकिस्तानका कप्तानले बनाए शतक

एसिया कप क्रिकेटअन्तर्गत नेपालविरुद्धको जारी खेलमा पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाएका छन् ।

१०९ बलमा उनले शतक हानेका हुन् । पाकिस्तानको ब्याटिङ उत्कृष्ट नभइरहेका बेला आजमले कप्तानी पारी मात्र खेलेका छैनन्, पाकिस्तानलाई बलियो स्थितिमा पनि पुर्याएका छन् ।

उनले १० चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् । उनी १०२ रन बनाएर अहिले खेलिरहेका छन् ।

४२ ओभरको खेल सकिँदा पाकिस्तानले ४ विकेटको क्षतिमा २२८ रन बनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्