३० जेठ २०८३, शनिबार

मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर

भदौ १३, २०८०
संखुवासभा
मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । 

भालुको आक्रमणबाटमकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र २६ राजमान राई घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । 

बुधबार दिउँसो मकै खोहोरीया काम गर्दै गरेका गुरुङ र राईलाई भालुले आक्रमण गर्दा घाइते भएको गाउँपालिका अध्यक्ष भोटेले बताए । भालुको आक्रमणबाट उनीहरूको अनुहार, टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये २६ वर्षीय राईको अवस्था गम्भीर रहेको अध्यक्ष भोटेले बताए । 

घाइतेको गोला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्