वीरगन्ज, ३ असोज— प्रदेश नम्बर २ को एक्लो महानगरको रुपमा रहेको वीरगन्ज महानगरपालिकोको मतगणनाका लागि अहिले बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

वीरगन्ज महानगरको मतगणनाका लागि ८ बजे सर्वदीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीे जानकारी दिए । उनले सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु गरिने पनि बताए ।
पर्साका अरु स्थानीय तहको पनि मतपेटिका मध्यरातसम्म संकलन गरिसकिएको र सर्वदीय बैठक राती नै बस्न नसकेकाले सर्वदलीय बैठक राखेर गणनाको तयारी गरिएको छ ।