२२ जेठ २०८३, शुक्रबार

भारतसँग खेल्न गएको नेपाली टोली श्रीलंका पुग्यो

भदौ १४, २०८०
काठमाडौं
भारतसँग खेल्न गएको नेपाली टोली श्रीलंका पुग्यो

एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली श्रीलंका पुगेको छ ।

एसिया कपमा पाकिस्तानविरुद्ध बुधबार खेलेको नेपाली टोली चार्टर फ्लाइटमा आज बिहान श्रीलंकातर्फ लागेको थियो । टोली अहिले गन्तव्यमा पुगिसकेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ ।

बुधबार समूह ’ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको भारी अन्तरले पराजित भएको थियो ।

अब नेपालले समूहको दोस्रो खेलमा भारतसँग भदौ १८ मा खेल्नेछ । खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।  

त्यसअघि यो समूहको अर्को खेलमा प्रमुख प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् । यो खेल भदौ १६ मा श्रीलंकामै खेल हुनेछ ।

समूह ‘ए’बाट २ टोली सुपर ४ मा जाँदा १ टोल भने पहिलो चरणबाटै बाहिरिनेछ ।

यस्तै, समूह ‘बी’मा आज घरेलु टोली श्रीलंका र बंगलादेश भिड्दैछन् । यो समूहमा अफगानिस्तान पनि छ । 
 

salt training

कमेन्ट गर्नुहोस्