०३ असार २०८३, बुधबार

उपप्रधान एवं रक्षामन्त्री खड्का अस्पताल भर्ना

भदौ १४, २०८०
काठमाडौं
उपप्रधान एवं रक्षामन्त्री खड्का अस्पताल भर्ना

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् ।

प्रोस्टेडबाट पीडित खड्कालाई बुधवार विरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार उनको बुधवार राति नै प्रोस्टेडको अपरेसन गरिएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।

उनलाई केही दिन अस्पतालमै बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

उनलाई भेट्नका लागि अस्पतालमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पुगीरहेका छन् ।

बिहीवार दिउँसो नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा पनि उनलाई भेट्न अस्पताल पुगेका थिए । अस्पताल पुगेर उनले मन्त्री खड्काको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्