०४ साउन २०८३, सोमबार

उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि बौद्ध इन्टरनेसनल स्कूललाई

भदौ १४, २०८०
काठमाडौं
उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि बौद्ध इन्टरनेसनल स्कूललाई

बौद्ध इन्टरनेसनल स्कूल उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। बौद्धले ब्वाइज र गर्ल्स दुवैको उपाधि आफ्नो पोल्टामा पारेको हो।

बौद्धले गोकर्णेश्वरको अत्तरखेलमा भएको फाइनल भिडन्तमा टेरेसा एकेडेमीलाई ब्वाइजतर्फ पाखा लागायो । बौद्धले आरोहण श्रेष्ठको ३१ स्कोरको मद्दतमा टेरेसालाई ६३–४२ अंकले पराजित गर्न सफल भयो । 

यता गर्ल्सतर्फ बौद्धले एनसीसीएसलाई हरायो । उपाधि जित्ने क्रममा बौद्ध ३८–३० अंकले विजयी भयो । उसका लागि सजना खत्रीले १३ अंकको योगदान दिइन् ।

प्रतियोगिताको ब्वाइजमा बौद्धका आरोहण तथा गर्ल्समा बौद्धकै डिकी चेनजोम मोस्ट भ्यालुएबल खेलाडी चुनिए । यस्तै ब्वाइजतर्फ फुर्वा छेतेन र गर्ल्समा एनसीसीएसकी दिभा महर्जन सर्वाधिक अंक बटुल्न सफल भए ।

मनास्लु वर्ल्ड स्कूलले फेयर प्लेको उपाधि पाउन सफल भयो। प्रतियोगितामा ब्वाइजमा २४ तथा गर्ल्समा १६ टिमले भाग लिएका थिए।

salt training

कमेन्ट गर्नुहोस्