०१ साउन २०८३, शुक्रबार

डोनाल्ड ट्रम्पले सम्झिए नेपाल

कात्तिक २०, २०७४
डोनाल्ड ट्रम्पले सम्झिए नेपाल
काठमाडौँ, ३ असोज - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् ।Trump1-5 1
राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनले सोमबार पठाएको सन्देशमा भनिएको छ, 'यो दिन तपाईंको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईंहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन् |'
सन्देशमा भूकम्पपछिको पुनःनिर्माणले तीव्रता पाएको र लाखौँ नेपालीको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको पनि बताइएको छ ।
“सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईंहरूले २० वर्षमा पहिलोपटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुभएको छ, जुन तपाईंहरूको लोकतान्त्रिक सरकारका लागि उल्लेखनीय कोशेढुङ्गा हो”, सन्देशमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्