२३ जेठ २०८३, शनिबार
निगमको निर्णय

नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

भदौ १४, २०८०
काठमाडौं
नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।  बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । 

निगमका अनुसार मूल्यवृद्धि भएसँगै अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १८२ रुपैयाँ पर्ने भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य १७० पर्नेछ । 

निगमले ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको छ । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर १८९५ रुपैयाँ पुगेको छ।   

भारतीय आलय कर्पोरेशनले मूल्य बढाएर पठाएसँगै स्वचालित मूल्य प्रणालीअनुसार निगमले पनि मूल्य वृद्धि गरेको हो ।

null
 

salt training

कमेन्ट गर्नुहोस्