०८ साउन २०८३, शुक्रबार

काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुग्यो

भदौ १५, २०८०
काठमाडौं
काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुग्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै सरकारको आलोचना भएको छ  । निगमले बिहीबार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर दुई सय ३५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । 

गएरातिदेखि लागू भएको उक्त मूल्यअनुसार अब काठमाडौँमा एक लिटर पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ । १६६० रुपैयाँमा उपलब्ध हुँदै आएको ग्यासको मूल्य पनि १८९५ रुपैयाँ पुगेको छ । 

 इण्डियन आयल कर्पोरेशनबाट  मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमको भनाइ छ । 

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको थियो । 
सामाजिक सञ्जालमा भने सरकारले मूल्यवृद्धि गरिरहेको भन्दै आलोचना गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्