०४ साउन २०८३, सोमबार
खुल्यो तातोपानी नाका

८ वर्षपछि पूर्ण सञ्चालनमा आयो तातोपानी नाका, पास देखाएर खासा प्रवेश गरे सांसद सापकोटा

भदौ १५, २०८०
काठमाडौं
८ वर्षपछि पूर्ण सञ्चालनमा आयो तातोपानी नाका, पास देखाएर खासा प्रवेश गरे सांसद सापकोटा

भूकम्पपछि बन्द भएको तातोपानी नाका करिब साढे ८ वर्षपछि खुलेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द भएको तातोपानी नाका आठ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि खुला भएको छ ।

यो नाकाबाट शुक्रवार सीमा क्षेत्र भोटेकोसीका स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर औपचारिक रूपमा नाकाको शुरुवात गरिएको छ । यो नाकाबाट आवतजावत गर्न भने पासको व्यवस्था भएको छ ।

नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा बिहानै तातोपानी नाका पुगेका थिए । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए । 

null

चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले निलो रंगको पास जारी गरेको छ । उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासीका लागि मात्रै हो ।

शुक्रवार यो नाकाको उद्घाटनसँगै दुई सय २७ नेपाली  चिनियाँ क्षेत्र प्रवेश गरेका छन । यो नाका नेपालको एक प्रमुख व्यापारिक नाका हो । यो नाकाबाट नेपालीले चीनका तोकिएको पसलमा गएर सामान खरिद गर्न पाउँछन् ।

null

चिनियाँ क्षेत्रका लिपिङपारि १५, रमिते र खासामा पाँच पसल नेपालीका लागि सञ्चालन छन् । स्थानीयले सो पसलमा गएर कपडा र घरायसी सामान किन्न सक्छन् । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको सन्दर्भ पारेर  यो नाका खोलिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमण अगाडि यो नाका खोलिनुलाई राजनीतिक रुपमासमेत विशेष चासोका साथ हेरिएको छ ।

null

कमेन्ट गर्नुहोस्