
मलेसियामा जारी आइसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ । मलेसियाको क्वालालाम्पुरमा भएको खेलमा नेपालले बहराइनलाइनलाई १० विकेटले पराजित गरेको हो ।
बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
नेपालको जितमा ओपनर कविता कुँवरले १४ बलमा १७ रन बनाइन् । अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो ।बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन् । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट लिइन् ।
त्यस्तै कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले समान एक/एक विकेट लिए ।
नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।