१२ साउन २०८३, मंगलबार
प्रचण्डको बाचा

१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानीबारे मन्त्रिपरिषद्‌को आगामी बैठकबाट निर्णय गर्छौं – प्रचण्ड

भदौ १५, २०८०
काठमाडौं
१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानीबारे मन्त्रिपरिषद्‌को आगामी बैठकबाट निर्णय गर्छौं – प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि चर्चामा रहेको कर्णाली चिसापानी आयोजनाको अध्ययन अगाडि बढाउने बताएका छन् ।

१० हजार ८ सय मेगावाटको आयोजना बन्दासम्म आफूहरू जीवित नरहेपनि आर्थिक क्रान्तिको नयाँ युग शुरू हुने उनले बताए । 

शुक्रवार पोखरामा समाजवादी मोर्चा गण्डकी प्रदेशको भेलालाई सम्बोधन गर्दै प्रचण्डले मन्त्रिपरिषद्को आगामी बैठकबाट कर्णाली चिसापानीको अध्ययन शुरू गर्ने निर्णय गर्न लागेको बताएका हुन् । ‘कर्णाली चिसापानी १० हजार ८ सय मेगावाटको आयोजना सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दैछौं । यो धेरै ठूलो क्रान्तिको कुरा हो, जसको अध्ययन प्रक्रिया शुरु गरिँदैछ’ प्रचण्डले भने, ‘यो आयोजना बन्दासम्म सायद हामी जीवित रहन्छौं/रहदैनौं, तर नयाँ पीडीका लागि आर्थिक क्रान्तिको काम शुरु गर्छौं ।’ 

नेपालले विद्युत विकासको सय वर्षमा मात्र २८ सय मेगावाट विद्युत उत्पादन गरेको स्मरण गर्दै प्रचण्डले १० हजार ८ सय मेगावाट विद्युत उत्पादनको कुरा अगाडि बढाउने चानचुने विषय नभएको बताए ।

गतसाता वीरगञ्जमा आयोजना गरिएको कार्यक्रममा पनि प्रचण्डले कर्णाली चिसापानी आयोजना अगाडि बढाउने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्