०८ साउन २०८३, शुक्रबार

५० प्रतिशत ऊर्जा शौर्य र वायुबाट लिने व्यवस्था गर्नुपर्छः इप्पान

भदौ १५, २०८०
काठमाडौं
५० प्रतिशत ऊर्जा शौर्य र वायुबाट लिने व्यवस्था गर्नुपर्छः इप्पान

 स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले कुल जडित क्षमताको ५० प्रतिशत उर्जा शौर्य र वायुबाट लिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपालमा जलविद्युत मात्रै नभएर शौर्य ऊर्जा उत्पादनको पनि प्रचुर सम्भावना रहेको भन्दै कुल जडित क्षमताको ५० प्रतिशत ऊर्जा शौर्य तथा वायुबाट लिने व्यवस्था गर्न सरकारसँग माग गरेको हो । 

शुक्रवार इप्पानले नेपालमा शौर्य ऊर्जाको नीति र अवस्था विषय अन्तरक्रिया कार्यक्रममा सरकारसँग यस्तो माग गरेको हो । इप्पानले अफ ग्रिड मोड अफ अपरेशनको व्यवस्था हटाउन पर्ने बताएको छ । नेपालमा १०.३० प्रतिशत हेक्टर खेतीयोग्य निजी जमिन बाँझो रहेको भन्दै बाँझो जमिनको १.२ प्रतिशत जग्गा शौर्य ऊर्जा उत्पादनको लागि काफी हुने इप्पानले जनाएको छ ।

पछिल्लो समय नेपालमा सबै जलविद्युतमा मात्रै प्राथमिकता दिइएको भन्दै खोला र नहर क्षेत्रको माथिल्लो भागको जग्गा सौर्य ऊर्जा उत्पादनको लागि उपलब्ध गराउने नीति लिन आवश्यक रहेको बताएको छ । सरकारले वैकल्पिक ऊर्जाको उत्पादन वृद्धिको लागि विद्युत खरिद मूल्यमा पुनवरालोकन, घरायसी नेट मिटरिगलाई प्राथमिकता र जलविद्युत आयोजना अनुमति प्राप्त कम्पनीको सोही प्रशारण लाइन उपयोग गरी शौर्य आयोजना उत्पादन गर्नेलाई विद्युत खरिद बिक्री सम्झौताको मासिक ऊर्जा संशोधन गर्नुपर्ने बताएको छ । 

इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकाससँगै वैकल्पिक शौर्य ऊर्जालाई पनिसँगै लैजान आवश्यक रहेको बताए । उनले सरकार र निजी क्षेत्र दुवैले अहिलेसम्म जलविद्युतको विकासको विषयमा धेरै कुरा गरेको भन्दै अब वैकल्पिक शौर्य ऊर्जाको विकासलाई पनि सँगै लैजाने सोचका साथ अघि बढेको बताए । 
उनले नेपालमा सोलारको उत्पादन घाम लागे मात्रै हुन्छ नत्र हुँदैन भन्ने सोच भएपनि अहिले शौर्य ऊर्जा उत्पादनमा धेरै नयाँ टेक्नोलोजीहरु आइसकेको बताए । 
उनले नेपालमा करिव ४३ हजार मेगावट शौर्य ऊर्जा उत्पादन गर्नसक्ने अवस्था रहेको बताए । 
अध्यक्ष कार्कीले अबका १० वर्षमा देशभित्रै १० हजार विद्युत खपत गर्नुपर्ने बताए । उनले नेपालले अबको १० वर्षमा बंलादेशमा ५ हजार विद्युत निर्यात गर्ने अपेक्षाका साथ अगाडि बढेको बताए । उनले भारत,बंलादेश र चीनमा विद्युत निर्यातको विषय आएकाले अबको १० वर्षमा ३० हजार विद्युत निर्यात गर्न सक्नेगरी योजना बनाएर जानुपर्ने आवश्यकता रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्