
अवैधरूपमा सुन आयात गर्ने एक महिला उत्तरी रसुवाको मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । उनलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाई रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको हो ।
सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको उनले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।