२४ असार २०८३, बुधबार
राजधानीको व्यस्त ठाउँमा दुर्घटना

पेप्सीकोला दुर्घटना : घाइते दुई जनाको मृत्यु, १२ को उपचार हुँदै [विवरणसहित]

भदौ १७, २०८०
काठमाडौं
पेप्सीकोला दुर्घटना : घाइते दुई जनाको मृत्यु, १२ को उपचार हुँदै [विवरणसहित]

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा एक साथ चार सवारी साधन दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । काँडाघारी सडकखण्डमा आइतवार बिहान मिनिबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा स्कुटरपछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा सशस्त्र प्रहरी सिनामंगलमा कार्यरत २५ वर्षीया उषा कार्की रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । 

त्यस्तै अर्का एक मोटरसाइकल चालकको पनि ज्यान गएको छ । सर्लाही शान्तिटोल बस्ने २१ वर्षीय राज भट्टराईको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

काठमाडौं महानगरापालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा जडिबुटीदेखि पेप्सिकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा३ख ४८४८ नम्बरको बसले विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडीलाई ठक्कर दिएको थियो । बस र बोलेरो ठोक्किर अनियन्त्रित हुँदा बा. प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा ठोक्किएका थिए । 

प्रहरीका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । ​घाइतेहरूमध्ये आठ जनाको मदल्याण्ड अस्पताल र ४ जनाको मिनभवनस्थित सिभिल अस्पताल उपचार भइरहेको छ । 

बस चालकलाई रामेछाप लिखुतामाकोशी गाउँपालिका ०२ घर भई हाल पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यी हुन् सिभिल अस्पतालमा रहेका घाइतेहरू :
१) दोलखा भिमेश्वर न.पा. वडा नं. ०१ घर भई हाल जिल्ला ललितपुर ईमाडोल बस्ने वर्ष ५२ को कुमार ब. खातीको ढाड र छातीमा चोट, अवस्था बोल्न सक्ने 
२) उदयपुर त्रियुगा न.पा १० घर भई हाल काडाघारी बस्ने वर्ष २२ को कल्पना विक, अवस्था बोल्न सक्ने छाती, भित्री शरीरमा चोट लागेको
३) मकवानपुर हेटौँडा घर भई हाल पेप्सिकोला बस्ने वर्ष १७ की रमिता प्रजा बाँया हात र बाँया खुट्टमा चोट, अवस्था बोल्न सक्ने 
४) बा.प्र.०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर चालक काभे कोशीपारी घर भई हाल मुलपानी बस्ने एपीएफ सिनामंगलमा कार्यरत वर्ष २९ की सरस्वती खडकाको बाँया हात बाँया गाला र कम्बरमा चोट, अवस्था बोल्न सक्ने

मदरल्यान्ड अस्पताल पेप्सिकोलामा रहेका घाइतेहरू :
१) रामेछाप मन्थली न.पा. घर भई हाल बौद्ध बस्ने वर्ष २०को सुनिल मगराती, अवस्था समान्य
२) रामेछाप मन्थली न.पा. घर भई हाल बौद्ध बस्ने वर्ष २१को राज कुमार मगराती, अवस्था समान्य, बोल्न सक्ने
३) सिन्धुपालचोक बाह्रबिशे न.पा.४ घर भई हाल थली बस्ने वर्ष २३ को सुवास बस्नेत, अवस्था समान्य, बोल्न सक्ने
४) मोरङ उर्लाबारी न.पा ४ घर भई हाल गंगबु बस्ने वर्ष ३३ को पुन्यप्रसाद गौतम, अवस्था समान्य, बोल्न सक्ने 
५) ओखल्ढुङगा लिखु गा.पा ०७ घर भई हाल बौद्ध बस्ने बा ६ च ५३४२ नम्बरको बलेरो गाडी चालक वर्ष २५को रमेश थापा,  अवस्था समान्य, बोल्न सक्ने 
६) रामेछाप मन्थली न.पा. ०८ घर भई हाल बौद्ध बस्ने वर्ष २२ को  अर्जुन रम्तेल, कोखाको साईडमा चोट लागेको, अवस्था समान्य 
७) सिन्धुपाल्चोक भोटेकोशी गा.पा ५ घर भई हाल काडाँघारी बस्ने वर्ष १६ की पुजा खत्री, कोखामा चोट लागेको बोल्न सक्ने 
८) बा ३ ख ४८४८ नम्बरको बसल चालक चालक जि.रामेछाप लिखुतामाकोशी गा.पा.वडा नं. ०२ घर भई हाल पेप्सिकोला बस्ने वर्ष २४ को जनक राउतको बाँया खुट्टको पैतला र दुवै हातको कुहिनामा समान्य चोट

salt training

कमेन्ट गर्नुहोस्