
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतीक्षा रावलको गएराति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार चट्याङ लागेर मृतक प्रतीक्षाकी बहिनी ९ वर्षीया रोजिता घाइते भएकी छिन् ।
कोर्ध गाउँको थला लेकमा राति सुतेको अवस्थामा उनीहरूलाई चट्याङ लागेको थियो ।
प्रतीक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । घाइते रोजिताको भने मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।