२२ जेठ २०८३, शुक्रबार
सिंहदरबार जलाउने धम्की प्रकरण

केही दिनअघि नै जन्मिएकी थिइन् बालेनकी छोरी, आलोचनाबाट बच्न अहिले सार्वजनिक

भदौ १७, २०८०
काठमाडौं
केही दिनअघि नै जन्मिएकी थिइन् बालेनकी छोरी, आलोचनाबाट बच्न अहिले सार्वजनिक

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अराजक 'फेसबूक स्टाटस'का कारण चौतर्फी आलोचना भएपछि छोरी जन्मिएको विषय ढिलागरी सार्वजनिक गरेको खुलेको छ ।

आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिवार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित 'फेसबूक स्टाटस' लेखेका थिए ।

सोही विषयको आलोचनाबाट बच्न केही दिनअघि नै जन्मिएकी छोरीको विषय ढिला गरी सार्वजनिक गरेको खुलेको हो । 

बालेनसँग निकट रहेको एक फेसबूक पेजले बिहान ८:०८ मा बालेनकी श्रीमतीले छोरीलाई जन्म दिएको भन्दै विवरण सार्वजनिक गरेको थियो ।

११.२९ मा उक्त पेजले पनि केही दिनअघि नै जन्मिएको भनेर 'स्टाटस' सच्याएको छ ।

null

तर, मेडिसिटी अस्पताल स्रोतका अनुसार सविनाले केही दिनअघि नै छोरीलाई जन्म दिएकी हुन् । छोरी अस्पतालमै रहे पनि सविना 'डिस्चार्ज' समेत भइसकेको स्रोतको दाबी छ ।

ट्राफिक प्रहरीले रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए । चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका हुन् ।

'आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,' बालेनले फेसबूकमा लेखेका थिए ।

null

सार्वजनिक बिदाको दिन बालकुमारीबाट कोटेश्वरतर्फ जाँदै गरेको सरकारी नम्बर प्लेटको गाडीलाई शनिवार दिउँसो कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेको थियो ।

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन पास अनिवार्य छ । बालेनकी श्रीमतीले पासविनै सरकारी गाडी लिएर हिँडेको खुलेको  छ।

'उहाँसँग पास थिएन, रोकेर हामीले सोधखोज मात्र गरेका हौं,' प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, '२/३ मिनेटमै उहाँलाई छाडिदिएका थियौं ।'

salt training

कमेन्ट गर्नुहोस्