०८ साउन २०८३, शुक्रबार

नेपाल-भारतबीचको खेल हेर्न रास्वपा सभापति लामिछाने श्रीलंका प्रस्थान

भदौ १७, २०८०
काठमाडौं
नेपाल-भारतबीचको खेल हेर्न रास्वपा सभापति लामिछाने श्रीलंका प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपअन्तर्गत नेपाल-भारतको खेल हेर्न श्रीलंका प्रस्थान गरेका छन् ।

उनी पत्नी निकिता पौडेलसहित आइतबार बिहान श्रीलंका प्रस्थान गरेको केन्द्रीय सदस्य दिपक बोहराले जानकारी दिए । बोहरा पनि उनीहरूसँगै श्रीलंका प्रस्थान गरेका छन् । 

बोहराले नै आफूहरू श्रीलंका प्रस्थान गर्न लागेको भन्दै विमानस्थलमा बसेको तस्वीर फेसबुकमा राखेका छन् । 

नेपाल र भारतबीच सोमवार दिउँसो समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टिम सुपर फोरमा पुग्ने छ । दुई देशबीचको खेल सोमवार दिउँसो सवा ३ बजे शुरू हुने छ । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो ।

भारत भने पहिलो खेलमा पाकिस्तानसँग अंक बाँड्न बाध्य भएको थियो । वर्षा बाधक बनेपछि गएराति भारत-पाकिस्तानको खेल प्रभावित भएको थियो ।

भारतले पाकिस्तानलाई २६७ रनको टार्गेट दिए पनि निरन्तर वर्षा भएपछि पाकिस्तानले जवाफी ब्याटिङ गर्न पाएको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्