
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) नेपाली क्रिकेट टिमलाई हौसला बढाउन श्रीलंका जान लागेका छन् ।
बालेन निकट स्रोतका अनुसार उनी आज दिउँसो ४ बजेको श्रीलंकन एयरलाइन्सको विमानबाट श्रीलंका जान लागेका हुन् ।
‘एसिया कप खेल्दै गरेको नेपाली क्रिकेट टिमको हौसला बढाउन काठमाडौं महानगरपालिकाका मेयर श्रीलंका जाँदै हुनुहुन्छ’ बालेन निकट स्रोतले भन्यो, ‘उहाँको फ्लाइट ४ बजे छ ।’
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेल बुधवार भारतसँग खेल्दैछ । भारतलाई पराजित गर्न सके नेपाल अर्को चरणमा जानेछ ।
काठमाडौं महानगरपालिकाको गाडी रोकेको भन्दै बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उनी आलोचित भएका छन् ।