२६ असार २०८३, शुक्रबार

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा छैटौं तहकी अधिकृतविरुद्ध मुद्दा दायर

भदौ १७, २०८०
काठमाडौं
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा छैटौं तहकी अधिकृतविरुद्ध मुद्दा दायर
फाइल फोटो

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जमा कार्यरत अधिकृत हीमकुमारी सुनार पुनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा प्रवेश गरेको अभियोगमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार उनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कूल उत्तीर्ण गरेको प्रमाणपत्र बनाएकी थिइन् ।

सोही प्रमाणपत्रका आधारमा उनले राजपत्र अनङ्कित द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा नियुक्ति समेत लिएकी आयोगको दाबी छ ।​

उनीविरुद्ध कैद र जरिवानाको मागदाबीसहित भदौ १५ गते विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्