२७ जेठ २०८३, बुधबार

भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

भदौ १७, २०८०
काठमाडौं
भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

भारतको उडिसामा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ ।

उडिसाका ६ वटा जिल्लामा शनिवार चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । 

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक/एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चार जनाको मृत्यु भएको राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ । 

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्