०६ असार २०८३, शनिबार

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भदौ १७, २०८०
दाङ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-१ चिसापानी बस्ने ४० वर्षीय राम बहादुर खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राप्ती गाउँपालिका-२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कार्यालय सहयोगी तथा सह-चालकको रूपमा कार्यरत खनालले भदौ ४ गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले खनाललाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्