११ असार २०८३, बिहीबार

बालेनले फेसबुकबाट हटाए विवादित अभिव्यक्ति

भदौ १८, २०८०
काठमाडौं
बालेनले फेसबुकबाट हटाए विवादित अभिव्यक्ति

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले 'सिंहदरबारमा आगो लगाइदिन्छु' भन्ने विवादास्पद फेसबुक स्टाटस हटाएका छन् । चौतर्फी आलोचना भएपछि शनिबार राति लेखेको विवादास्पद स्टाटस बालेनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकबाट हटाएका हुन् । 

आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिबार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित 'फेसबूक स्टाटस' लेखेका थिए । ट्राफिक प्रहरीले रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए । चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका थिए।

null

बालेनले ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’ लेखेका थिए । 

अहिले बालेनको पेजमा स्टाटस देखिँदैन । उनले स्टाटस हटाए पनि यसबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् । 

 

salt training

कमेन्ट गर्नुहोस्