०९ असार २०८३, मंगलबार

सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

भदौ १८, २०८०
काठमाडौं
सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् ।

आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा समापन गरेका हुन् । गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा शुरू गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं सम्भावना बोकेका क्षेत्रको पहिचान र प्रचारप्रसारका लागि आफूले पैदल यात्रा थालेको जानकारी दिए ।

१७३ दिनमा ७७ वटै जिल्ला सदरमुकाम पुगेका पाध्याले यात्रामा सुदूरपश्चिमका नौवटै जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको बारेमा प्यानरसहित हिँडेको बताए । 'व्यक्तिगत लगानीमा यहाँका सम्भावना बोकेका क्षेत्र चिनाउने क्रममा धेरैले यात्राका क्रममा सुदूरका धार्मिक पर्यटकीय क्षेत्रको विषयमा चासो राख्थेँ,' उनले भने, 'खप्तड, बडिमालिकादेखि गोदावरी धामसम्मको प्रचार यात्राका क्रममा गरेँ ।'

पैदल यात्रामा निस्केका पाध्यालाई उनको गृह पालिका गौरीगङ्गा नगरपालिकाले बीस हजार सहयोग गरेको बताए । 'यात्राका क्रममा हिँड्दै जाँदा खानपिन र बसोबासका लागि धेरै ठाउँमा सहयोग पनि भयो,' उनले भने, 'सुदूरपश्चिम पर्यटनको अथाह सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि पहल गर्नु आवश्यक छ ।' रासस
 

salt training

कमेन्ट गर्नुहोस्