०३ असार २०८३, बुधबार

भारतीय क्रिकेटका हस्तीसँगको खेल बहुप्रतिक्षित : गगन थापा

भदौ १८, २०८०
काठमाडौं
भारतीय क्रिकेटका हस्तीसँगको खेल बहुप्रतिक्षित : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले भारतसँगकाे खेल बहुप्रतिक्षित भएको बताएका छन् ।

एसिया कपमा नेपाली टिमले खेल्नु अघि थापाले इतिहासमै पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न पाउनुलाई बहुप्रतिक्षित क्षण भएको बताएका हुन् ।

‘आज हामीले एसिया कप २०२३ को दोस्रो खेलमा इतिहासमै पहिलो पटक सिनियर लेभलमा भारतको सामना गर्दैछौँ। भारतीय क्रिकेटका हस्तिहरूले क्रिकेट खेलेको हेरेर धेरै हदसम्म प्रभावित भएका हामीहरूका लागि यो क्षण बहुप्रतिक्षित थियो’ थापाले लेखेका छन्, ‘सम्पूर्ण नेपालीको माया, साथ र समर्थनसहित आज नेपाली टिम मैदानमा हुने छ । कुशल खेल प्रदर्शनका लागी नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक शुभकामना !’

एसिया कप क्रिकेटको समूह एको महत्वपूर्ण र निर्णायक खेलमा नेपाल र भारत आज सवा तीन बजे भिड्दैछन् ।

श्रीलंकामा हुने यो खेलमा सुपर ४ मा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

तर वर्षाले खेल रद्द भए पनि भारत अर्को चरणमा पुग्नेछ । नेपाल भने बाहिरिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्