२६ असार २०८३, शुक्रबार
संसद्मा क्रिकेट

‘खेल मैदान नदिने, पारिश्रमिक नदिने, अनि भारतका विरुद्ध नेपालले छक्कै–छक्का हानोस् भनेर आस गर्ने ?’

भदौ १८, २०८०
काठमाडौं
‘खेल मैदान नदिने, पारिश्रमिक नदिने, अनि भारतका विरुद्ध नेपालले छक्कै–छक्का हानोस् भनेर आस गर्ने ?’

नेकपा (एमाले)का सांसद रघुजी पन्तले क्रिकेट खेलाडीको लागि नेपालले आधारभूत आवस्यकता नदिएको गुनासो गरेका छन् । खेलाडीको लागि क्रिकेट मैदान र पारिश्रमिक नदिएर अपेक्षा मात्र राख्ने गरिएको उनले गुनासो गरे ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद पन्तले प्रधानमन्त्रीले संसद्मा प्रतिबद्धता जनाए पनि चितवनको क्रिकेट रंगशाला निर्माणको कामले गति नलिएको बताएका हुन् । 

‘आज क्रिकेट हुँदैछ, भारत र नेपालको बीचमा । तर चितवनमा निर्माण गर्न थालिएको रंगशालाबारे प्रधानमन्त्रीले यही संसद्मा धेरै आश्वासन दिनुभएको थियो । निर्माणको काम अगाडि बढ्न सकेन । खेल मैदान, उनीहरूले पाउनुपर्ने पारिश्रमिक र पुरस्कार  नदिने अनि भारतका विरुद्ध छक्कै–छक्का हान्नुस् भनेर आस गरेर हुन्छ ?’ उनले प्रश्न गरे । 

नेपाल र भारतबीच एसिया कप क्रिकेटअन्तर्गतको  बहुप्रतीक्षित खेल आज दिउँसो ३:१५ बजे श्रीलंकामा हुँदैछ । खेल शुरू हुनुअघि संसद्मा क्रिकेटको प्रसंग उठेको हो ।  

salt training

कमेन्ट गर्नुहोस्