२३ जेठ २०८३, शनिबार

‘गिरिबन्धु टी स्टेट’ भ्रष्टाचारको छानबिन गर्न संसद्मा रामहरि खतिवडाको माग

भदौ १८, २०८०
काठमाडौं
‘गिरिबन्धु टी स्टेट’ भ्रष्टाचारको छानबिन गर्न संसद्मा रामहरि खतिवडाको माग

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले झापाको गिरिबन्धु टी स्टेट भ्रष्टाचार काण्डको तत्काल छानबिन गर्न माग गरेका छन् । 

सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा खतिवडाले गिरिबन्धु टी स्टेटमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन शुरू गर्न सरकारसँग माग गरेका हुन् । झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टा–पट्टामा ठूलो आर्थिक चलखेल भएको भन्दै यसको छानबिनको माग उठिरहेको छ । 

सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धुको बारेमा छानबिन गर्ने बताएका थिए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि गिरिबन्धु सम्बन्धमा छानबिन गर्न सरकारलाइ चुनौती दिइरहेका छन् । 

सांसद खतिवडाले जननिर्वाचित पदाधिकारीले आफ्नो जिब्रोमा ब्रेक लगाउनु पर्ने अवस्था आएको बताए । ‘कोही आगो ओकल्छौँ, सिंहदरबार ध्वस्त गछौं भनिरहेका छन, कोही जातीय राज्यको कुरा गरिरहेका छन् । चुनाव जितेका प्रतिनिधिले आफ्नो जिब्रोमा ब्रेक लगाएर बोल्दिन पर्‍यो,’ काठमाडौंका मेयर बालेन शाहको अभिव्यक्तिप्रति कटाक्ष गर्दै खतिवडाले भने । 

मेयर शाहले पत्नी चढेको गाडीलाई ट्राफिकले रोकेपछि सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्