
नेकपा (एमाले) लुम्बिनी प्रदेश प्रथम अधिवेशनले पाँचजना पदाधिकारी चयन गर्नेछ । पाँचजना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचनका लागि आज प्रारम्भिक नामावली प्रकाशन भएको अनुसार अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल (आरके) र प्युठानका हरि रिजालको उम्मेदवारी दिएका छन । एकजना उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्षमा पुजन विश्वकर्मा (बाँके), भोजप्रसाद श्रेष्ठ (रुपन्देही) विश्वास बराल (रुपन्देही), शान्तिकुमारी वली (रोल्पा) रहेका छन् । त्यस्तैगरी सचिवमा दाङका लक्ष्मण आचार्य र गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन ।
त्यस्तैगरी दुईजना उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ । जसमध्ये एक जना महिला अनिवार्य छ । उपेन्द्रलाल कार्मी (रुकुम पूर्व) दुर्गाप्रसाद थारु चौधरी (बाँके) पूर्ण बुढामगर रोल्पा, हीरा एसी (गुल्मी), आरती पौडेल (बाँके), लीला राना मगर (बर्दिया र वसन्ती आचार्य (बाँके) रहेका छन् । आजै निर्वाचनको तयारी छ ।