
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
भारतीय कप्तान रोहित शर्माले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्न निम्तो दिएका हुन् ।
नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।
नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।
यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।
वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ ।