०२ साउन २०८३, शनिबार
एसिया कप क्रिकेट प्रतियोगिता

नेपाली टोलीमा एक परिवर्तन, आरिफलाई हटाएर भीम सार्कीलाई स्थान

भदौ १८, २०८०
काठमाडौं
नेपाली टोलीमा एक परिवर्तन, आरिफलाई हटाएर भीम सार्कीलाई स्थान
फाइल फोटो

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्ध खेल्ने टीममा नेपालले एक परिवर्तन गरेको छ ।

पाकिस्तानविरुद्ध खेलेका आरिफ शेखलाई हटाएर भीम सार्कीलाई टीममा स्थान दिइएको हो ।

टीममा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी छन् ।

नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।

नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।

यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।

वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ । 

salt training

कमेन्ट गर्नुहोस्