०४ असार २०८३, बिहीबार

जनकपुरमा स्थानीयले होहल्ला गरेपछि हच्किए निर्वाचन अधिकृत

कात्तिक २०, २०७४
जनकपुरमा स्थानीयले होहल्ला गरेपछि हच्किए निर्वाचन अधिकृत

काठमाडौं, ३ असोज - जनकपुर उपमहानगरपालिकामा समयमै मतगणना सुरु नभएपछि स्थानीय वासिन्दा तथा दलका प्रतिनिधिले होहल्ला सुरु गरेका छन् । जनकपुर उपमहानगरपालिकाको मतगणनास्थल महेन्द्रनारायाण निधि सांस्कृतिक केन्द्रमा अहिले सम्म पनि मतगणना सुरु हुन सकेको छैन ।

तर भर्खरे निर्वाचन अधिकृतले मतगणना सुरु गर्ने तरखर गरेका छन् । स्थानीयले होहल्ला गरेपछि उनले दलका प्रतिनिधिहरुलाई मतगणनास्थलमा लगेका छन् । अबको एक घण्टा पछि मतगणना सुरु हुने सम्भावना रहेको लोकान्तरका प्रतिनिधि अजय अनुरागीले बताए ।

जनकपुरको मत गणनाका लागि आज विहान ८ बजेको समय तोकिएको थियो । त्यसपछि विहान १० बजेका लागि समय तोकिएको थियो । त्यसपछि फेरि १२ बजेका लागि समय तोकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्