
धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले जारी भारतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरूलाई पुरस्कार दिने निर्णय गरेका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै अर्धशतक प्रहार गर्ने र ह्याट्रिक विकेट लिनेलाई ५०–५० हजार दिने निर्णय गरेका छन् ।
अध्यक्ष यादवले पुरस्कार व्यक्तिगत तबरले पुरस्कार दिने बताएका छन् ।
एसिया कप क्रिकेटअन्तर्गत अहिले श्रीलंकामा नेपाल भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।
