
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध ४ करोड ६७ लाख रुपयाँ भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ ।
कार्कीले पदको दुरुपयोग गरी ४ करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कार्कीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको र स्रोत नखुल्ने सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ ।
कार्कीले श्रीमती उर्मिला थापा कार्की समेतको नाममा जग्गाहरू खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको अभियोगपत्रमा उल्लेख छ ।
उनकी श्रीमती उर्मिलाविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।