०६ साउन २०८३, बुधबार

‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’

भदौ १८, २०८०
काठमाडौं
‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’

अर्थमन्त्री डा प्रकाशशरण महतले महिला सहभागिताले पार्टी सङ्गठन विस्तारमा प्रभावकारी भूमिका खेल्नसक्ने बताएका छन् । 

नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै उनले पार्टी सङ्गठन विस्तारमा पुरुषभन्दा महिलाले नै प्रभावकारी भूमिका खेल्न सक्ने बताए । 

लामो समयदेखि पार्टीका संरचना  निर्माण हुन नसकेको स्वीकार गर्दै उनले भने, “आउँदो निर्वाचनमा बहुमत हात पार्न पार्टी सङ्गठन वडा तहदेखि नै बलियो हुन जरुरी छ ।” पार्टीका संरचनाहरू छिट्टै गठन गरिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । 

“नेपाली कांग्रेसका कार्यकर्ताले एकअर्काको अस्तित्व स्वीकार गरी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन, संस्था बलियो भयो भनेमात्र हामीले विजय प्राप्त गर्न सक्छौँ”, नेता महतले भने, “नेपाली जनता र पार्टीको हितलाई केन्द्रविन्दुमा राखेर हिँड्नुहोस् ।”

नेपाली जनताको चाहना पूरा गर्ने कार्यमा वर्तमान सरकार सक्रिय रहेको उनको भनाइ थियो । सीमित स्रोत र साधनबीच जनताका चाहना पूरा गर्ने प्रयासमा रहेको चर्चा गर्दै मन्त्री महतले विभिन्न समस्याकै कारण सोचेअनुसार विकास निर्माण कार्यले गति लिन नसकेको स्वीकार गरे । 

salt training

कमेन्ट गर्नुहोस्