२२ असार २०८३, सोमबार

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले आज यूएईविरुद्ध खेल्दै

भदौ २०, २०८०
काठमाडौं
आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले आज यूएईविरुद्ध खेल्दै

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज (बुधबार) संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित मैदानमा हुने खेल नेपाली समयानुसार बिहान सवा ७ बजेबाट शुरू हुने भनिए पनि वर्षाका कारण शुरू हुन सकेको छैन । 

नेपाल अपराजित रूपमा समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ । आजको खेलले समूह विजेता र उपविजेताको टुगो लाग्ने छ ।

जारी प्रतिस्पर्धामा लगातार चार खेल जितेका दुवै टोली एक खेलअगावै सेमिफाइनलमा स्थान बनाइ सकेका छन् । नेपाल र युएई दुवै राष्ट्रिय टोलीको समान ८ अंक रहेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्