०४ असार २०८३, बिहीबार

खोलामा करेन्ट लगाएर माछा मार्ने २ जना पक्राउ

भदौ २०, २०८०
गोरखा
खोलामा करेन्ट लगाएर माछा मार्ने २ जना पक्राउ

खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–१० का १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङ रहेका प्रहरीले जनाएको छ ।

करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी छेवेटारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूको साथबाट करेन्ट प्रवाहका लागि प्रयोग हुने ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद भएको छ। 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्