१० साउन २०८३, आइतबार

आईसीसी महिला टी-२० छनोट: वर्षाले यूएईसँगको खेल रद्द, नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश

भदौ २०, २०८०
काठमाडौं
आईसीसी महिला टी-२० छनोट: वर्षाले यूएईसँगको खेल रद्द, नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र यूएईबीचको खेल वर्षाका कारण रद्द भएको छ । बुधबार बिहान हुने तय भएको खेल वर्षाका कारण रद्द भएको हो । 

खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । यूएईसँगको खेल रद्द भएसँगै नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दुवै देशको समान ९/९ अंक भए पनि यूएई रन रेटमा अघि रहेकाले समूह विजेता बन्न सफल भएको हो । 

नेपालले पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा बहराइन, तेस्रो खेलमा भुटान र चौथो खेलमा कतार हराएको थियो । 

नेपालले अब शुक्रबार हुने सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । आज नै हुने समूह बी का हङकङ र थाईल्यान्डबीचको खेलबाट नेपालको प्रतिद्वन्द्वी तय हुनेछ । 

सेमिफाइनलमा विजयी भए नेपालले महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । शनिबार प्रतियोगिताको फाइनल खेल रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्