०९ साउन २०८३, शनिबार

सहमहामन्त्रीमाथि भएको हमलाको कांग्रेसद्वारा भर्त्सना, दोषीलाई कडा कारबाही गर्न माग

भदौ २०, २०८०
काठमाडौं
सहमहामन्त्रीमाथि भएको हमलाको कांग्रेसद्वारा भर्त्सना, दोषीलाई कडा कारबाही गर्न माग
आक्रमणबाट घाइते भएका सहमहामन्त्री महेन्द्र यादव

नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको हमलाको निन्दा गरेको छ ।​

कांग्रेसले बुधवार दिउँसो एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दासँगै भर्त्सना गरेको हो । ‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, कांग्रेसले सहमहामन्त्री यादवको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।​

रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्