२५ असार २०८३, बिहीबार
खुकुरी प्रहार प्रकरण

कांग्रेस सहमहामन्त्री यादवको टाउकोमा १० टाँका लगाइयो, २४ घण्टा आईसीयूमा राख्नुपर्ने

भदौ २०, २०८०
काठमाडौं
कांग्रेस सहमहामन्त्री यादवको टाउकोमा १० टाँका लगाइयो, २४ घण्टा आईसीयूमा राख्नुपर्ने

खुकुरी प्रहारबाट घाइते भएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको टाउकोमा १० वटा टाँका लगाइएको छ ।

उनको टाउकोको पछाडीपट्टीको भागमा काटिएकाले १० वटा टाँका लगाइएको उपचारमा संग्लग्न डाक्टर प्रमोद यादवले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार १० टाँकामध्ये ६ वटा बाहिर र ४ वटा भित्र लगाइएको छ । 

सहमहामन्त्री यादवको ओटी सेन्टरमा सीटी स्क्यान गरिएको थियो । 

सहमहामन्त्री यादवको उपचारमा अहिले डा प्रमोदसँगै डा बद्री रिजाल र डा नरेन्द्र सालिके खटिरहेका छन् । 

घाइते यादवलाई २४ घण्टा आईसीयूमा राख्नुपर्ने डा प्रमोदले बताए ।

सहमहामन्त्री यादवमाथि बुधवार काठमाडौंमा खुकुरी प्रहार भएको थियो । दिउँसो रिपोटर्स क्लबको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो । टाउकोमा चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । 

नुवाकोट विदुर नगरपालिको ४७ वर्षका सापकोटाले खुकुरी हानेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले लोकान्तरलाई जानकारी दिए । 

यादवलाइ खुकुरी प्रहार गर्ने श्याम सापकोटा पक्राउ परिसकेका छन् । 

पक्राउ परेका सापकोटाले आफूलाई राजावादी भएको बताएका छन् ।

विदुर नगरपालिका ४७ वर्षको श्याम सापकोटाले खु्कुरी हानेको । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए । पक्राउ परेका सापकोटाले आफूलाई राजावादी भएको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्